नियम २७
अन्तिम मतदाता नामावली प्रकाशन गर्नु पर्ने
(१) नियम २६ बमोजिम तयार भएकोे अन्तिम मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीले आयोगले निर्धारण गरेको समयमा आफ्नो कार्यालयमा अनुसूची–३ बमोजिमको ढाँचाको सूचना सहित प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ ।